प्रतिकात्मक तस्बिर ।
घुर्कौली, २३ भदौ – सर्लाहीको हरिवन नगरपालिका–५, किरिङ टोलमा आज अपरान्ह नहरमा डुुबेर एक बालकको ज्यान गएको छ ।
अत्यधिक गर्मी भएपछि आज अपरान्ह गाउँका साथीसँगै घर नजिकै बागमती सिँचाई आयोजनाको नहरमा नुुहाउन गएका स्थानीय जनिफ मन्सुरका छोरा अन्जादी १५ १६वर्षका सहमद मन्सुरको डुुबेर ज्यान गएको हो । बालक नहरमा पौडी खेल्नेक्रममा नहरभित्र रहेको ह्यूम पाइपमा अड्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।
बालकलाई ह्यूम पाइपबाट मृत अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय भएर बाहिर निकालेका छन् ।
घटनास्थलको प्रकृतिमुुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।