मलंगवा, २२ भदौ – आज परेको गणेश चतुर्थीका अवसरमा सदरमुकाम मलंगवा, बरहथवा लगायतका स्थानमा कलशयात्रा निकाल्ने क्रम जारी छ ।
मलंगवामा निकालिएको कलश यात्रामा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ । मलंगवाको शिवसागर चोक, राजश्री चोक, कोल्डस्टोर चोक, गणेश चोकलगायतका स्थानमा गणेशको मूर्ति राखेर पूजा भइरहेको स्थानीय पत्रकार कृष्ण सिंहले जानकारी दिए ।
यस्तै बरहथवा बजारमा पनि कलश यात्रा निकालिएको छ ।
जहाँ पूर्व मन्त्री हरि उप्रेती, मेयर कल्पनाकुमार कटुवालसहित राजनीतिक दलका नेताहरु समेत सहभागी भए ।