logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अत्यधिक चर्को घाम


  • उज्यालो अभियान

हरिवन, २२ भदौ – पानी पर्न रोकिएर सर्लाहीमा आज अत्यधिक चर्को घाम लागिरहेको छ ।

यहाँ हिजो बेलुकासम्म वर्षा भएको थियो । चुरेभेगको केही क्षेत्रमा हिजो बेलुकापख भारी वर्षा भएको स्थानीयले बताएका छन् ।

आज भने जिल्लाभरकै मौसम सफा भई उघ्रिएर चर्को घाम लागिरहेको हो । चर्को घाम लागेकाले सडक, बजारमा मानिसको उपस्थिति कम देखिन्छ ।

पानी पर्न रोकिएर चर्को घाम लाग्दा आज मध्यान्ह सर्लाहीको तापक्रम ३६ डिग्री सेल्सीयस मापन भएको छ । यो वर्ष भदौ अन्तिमसम्म आइपुग्दा आकाशे वर्षाले साथ दिएकाले धान बाली राम्रोसँग हुर्किरहेको छ ।

केही क्षेत्रमा सामान्य रोग, कीराको प्रकोपबाहेक धानको बोट राम्रो रहेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । लगातारजसो पानी परिरहँदा यहाँका किसानले गोलभेँडाको बेर्ना सार्न पाएका छैनन् ।

सारेको बेर्ना पनि पानी परेर क्षति पु¥याएको छ । बेलाबेलामा वर्षा भइरहेकाले उखु, कोदो, मकैलगायतका बाली राम्रोसँग हुर्किरहेको किसानले बताएका छन् ।