लालबन्दी, १९ भदौ – पछिलो समय बढ्दै गएको आत्महत्या र अनाहकको मृत्यु वरणको अवस्थालाई मध्यनजर गर्दै लालबन्दी नगर स्तरीय संयुत्त बैठक सम्पन्न भएको छ ।
जटिल र कहालीलाग्दो तथ्यांकको विश्लेषण गर्दै आवश्यक रोकथाम र आत्महत्या निरुत्साहनका लागि पहल गर्न र सचेतना संचालन गर्न लालबन्दी नगर अस्पतालका अध्यक्ष लालबन्दी नगरपालिका ९ का अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा सरोकारवाला सम्मिलित बैठक मंगलबार दिउँसो सम्पन्न भएको हो बैठकले आत्महत्या न्यूनीकरण तथा निरुत्साहन अभियानका लागि एक समिति गठन गरेको छ।
समितिको नाम लालबन्दी नगरपालिका स्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल रहेको छ । जसमा संयोजक लालबन्दी नगर स्वास्थ्य साखा प्रमुख मुमताज मिकरानी , सहसंयोजक लालबन्दी नगर अस्पतालका प्रमुख डा. चन्दन चौधरी र सदस्यहरुमा स्वास्थ्य साखाका उपप्रमुख सुरेन्द्र खतिवडा , शिक्षा साखा प्रमुख लक्ष्मी सिवाकोटी ,उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र बलम्पाकी , लालबन्दी जेसीजका निवर्तमान अध्यक्ष मनोज बख्रेल , राजु दास ,अनुराधा महतो ,मेची महाकाली संयुत्त बुहारी आवाज सर्लाहीको अध्यक्ष सानु पाख्रीन , जनस्वास्थ्य निरीक्षक राजकुमार सिंह ,रहेको ११ सदस्यीय समिति गठन गरिएको छ समितिको सदस्य सचिवमा सुजन पाठक रहेको अस्पतालका अध्यक्ष नारायण अधिकारीले जानकारी दिए।
बैठक प्रमुख मेडिकल सुपरिटेण्डेन डाक्टर चन्दन चौधरीको कार्यकक्षमा सम्पन्न भएको हो ।