हरिपुर, १६ भदौ – हरिपुरस्थित ग्रामीण नारी उत्थान संघमा आज संस्थाको संस्थागत समिक्षा बैठक सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा संस्थाले आफ्नो वार्षिक समिक्षा बैठक सम्पन्न गरेको हो । बैठकमा संविधान सभा सदस्य रामचन्द्र चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र महतो, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, गैर–सरकारी संस्था महासंघका केन्द्रिय सदस्य लक्ष्मी सिंह, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरे ।
हरिपुर र ईश्वरपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, महिला, जीवकोपार्जनलगायत क्षेत्रमा काम गरिरहेको संस्थाको वार्षिक समिक्षा बैठकमा दुवै पालिकाका वडाध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि र महिला तथा बालबालिका शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
बैठकमा संस्थाका सचिव सूर्य चालिसे, कार्यकारी निर्देशक डा. कमलबहादुर थिङसहित विभिन्न परियोजनाका संयोजकले संस्थाको कामकारवाही र आ–आफ्नो परियोजनाको स्थितिबारे अवगत गराए ।
गत आर्थिक वर्ष २०८०/८१ को समिक्षा बैठकमा सेभ च चिडे«नको मुख्य आर्थिक सहयोगमा संचालित ग्रामीण नारी उत्थान संघले विभिन्न परियोजनामा गरेको खर्च समेत सार्वजनिक गरेको छ ।
संस्थाले सेभ द चिडे«ेनसँगको सहयोगमा पहुँच परियोजनामा १ करोड ५ लाख ४९ हजार २९३ रुपैयाँ, सिडा परियोजनामा ४२ लाख ७७ हजार ६४० रुपैयाँ, सिएफएम परियोजनामा ५३ लाख ३३ हजार ७६२ रुपैयाँ, ग्राउण्ड स्वेयल इन्टरनेशनल परियोजनामा १३ लाख ६३ हजार ११७ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको हो ।