logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बिहानैदेखि धुम्मियो, गएसाँझ चट्याङसहित हल्का वर्षा


  • उज्यालो अभियान

हरिवन, १६ भदौ – सर्लाहीको मौसम आज बिहानैदेखि धुम्मिएको छ ।

यहाँ गएसाँझ चट्याङसहित जिल्लाका अधिकांश भू–भागमा सामान्य वर्षा भएको थियो । आज पुनः पानी पर्लाजस्तो भई जिल्लाभरको मौसम धुम्म भइरहेको हो ।

घाम नलागेका कारण आज तुलनात्मक रुपमा गर्मी कम रहेको छ । हिजो र अस्ती स्थानीय वासिन्दाले असाध्य गर्मी खेपेका थिए । दुई दिन लगातार अत्यन्त चर्को घाम लागेर उखरमाउलो गर्मी खेपेका सर्वसाधारणलाई गएसाँझबाट मौसममा बदली आउँदा गर्मीबाट तत्काललाई केही राहत मिलेको छ ।

आज बिहानैबाट मौसम धुम्मिनुका साथै हावा समेत चल्दा गर्मी कम भएको हो । जिल्लामा गएसाँझदेखि विद्यूत् भने असाध्य अनियमित बनिरहेको छ ।

अहिले बिहानपख पनि जिल्लाका कतिपय स्थानमा बिजुली बत्ती काटिएको छ । प्राधिकरणको लालबन्दी, बरहथवा र मलंगवा वितरण केन्द्रले रातिको चट्याङ र पानीले क्षति पुर्याएका ठाउँहरुमा मर्मत सम्भारको काम गर्न प्राविधिक परिचालित भइसकेका जनाएका छन् ।