logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भोली मात्रै मूर्ति विर्सजन, प्रहरीको निरन्तर सुरक्षा पहरा


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ११ भदौ – सर्लाहीमा गएराति मध्यरातसम्म कृष्ण जन्मोत्सव गरिएको छ ।

यहाँका प्रत्येकजसो मन्दिर र बजार क्षेत्रमा कृष्ण जन्मोत्सव गरिएको हो । जसका कारण मध्यरातसम्म उल्लास देखिन्थ्यो ।

यस्तै श्रीकृष्ण जन्माष्टमीलाई लक्षित गरी जिल्ला सदरमुकाममा सुरक्षा अधिकारीहरु केन्द्रित भइरहेका छन् । अघिल्ला वर्षहरुमा विवाद भएकाले सुरक्षा निकायले मलंगवामै ध्यान केन्द्रित गरेका हुन् ।

मलंगवामा मात्रै ९ ठाउँमा मूर्ति स्थापना गरिएको छ । ति मूर्ति अब भोली मात्रै विर्सजनको तयारी छ । मूर्ति नसेलान्जेलसम्म सुरक्षा पहरा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार आज बिहानसम्म मलंगवासहित जिल्लाभर शान्तपूर्वक रुपमा पर्व मनाइएको छ ।

पर्व मनाउनेक्रममा कहीँकति विवाद र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि हुन नदिन फरक समुदायका अगुवाबिच निरन्तर सम्वाद र सम्पर्कमै रहेको उनले बताए ।