logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मौसममा आएको बदलीसँगै सर्लाहीमा गर्मी घट्यो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, १० भदौ – सर्लाहीमा आज अपरान्हदेखि मौसममा बदली आउँदा गर्मी निकै कम भएको छ ।

मध्यान्हसम्म चर्को घाम लागेर गर्मी भएकोमा अपरान्हबाट मौसम धुम्मिएर शित्तल भएको हो । सदरमुकाम मलंगवासहित दक्षिणी क्षेत्रमा केहीबेर पानी छिट्याएको छ । अन्य भेगमा पानी नपरेपनि मौसम धुम्म भई चिसो हावा चल्दा सर्वसाधारणले शित्तलताको महशुस गरिरहेका हुन् ।

भदौ लागेपछि २/३ दिन घाम लागेपनि त्यसपछि भने बारम्बार पानी परिरहँदा स्थानीयलाई राहत मिलिरहेको छ । असोज लागेपछि भने विस्तारै चिसो बढ्न थाल्छ ।

यो वर्ष असार, साउन र अहिले भदौमा पर्याप्त पानी परिरहँदा किसान खुसी छन् । चाहिने बेला पानी परिरहेकाले धान बाली राम्रोसँग हुर्किरहँदा यो वर्ष धान उत्पादन बढ्ने अनुमान छ ।

पर्याप्त वर्षा भएकाले यो वर्ष आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा पनि सबैजसो खेतमा धान रोपाइँ भएको छ ।