लालबन्दी, १० भदौ – सर्लाही जिल्ला अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई १० वर्षदेखि फरार एक व्यक्ति लालबन्दी नगरपालिका–१७, रानिगन्जबाट पक्राउ परेका छन् ।
२०७१ साल फागुन ८ गते दोषी ठहर भई फरार रहेका साबिक रानिगन्ज गाविस ८ (हालको लालबन्दी नगरपालिका १७) का ६१ वर्षीया मनकुमारी पूर्वछाने पक्राउ परेकी हुन् । पूर्वछानेलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
उनीविरुद्ध सर्लाही जिल्ला अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी ६ महिना कैद र ३ लाख ५५ हजार ४८८ रुपैयाँ १ पैसा जरिवाना तोकेको छ । पूर्वछानेलाई फैसला कार्यान्वयनका लागि सर्लाही जिल्ला अदालत मलंगवा पेस गरिएको छ ।