पक्राउ परेका अभियुुक्तद्वय बायाँबाट मास्क लगाएका क्रमशः राम उजैन राय र वीरेन्द्र राय । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, ०९ भदाै – पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायकाे हत्या आराेपमा पक्राउ परेका दुईजना अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
कविलासी नगरपालिका-३ निवासी २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका-१, रतनपुर निवासी ४६ वर्षीय वीरेन्द्र राय कारागार चलान भएका हुन् । १० वर्षदेखि पूर्व मन्त्रीकाे सहयाेगीकाे रुपमा काम गर्दै आएका राम उजैनले नै वीरेन्द्रकाे याेजना तथा उक्साहटमा हत्या गरेकाे दाबी सहित जिल्ला प्रहरी कार्यालय मलंगवाले पेश गरेकाे अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सर्लाही जिल्ला अदालतमा अभियाेजन दर्ता गरेकाे थियाे ।
जिल्ला न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीकाे इजलासले गत भदाै ४ गते दुवै अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएकाे हाे । अदालतकाे आदेशअनुसार दुवै अभियुक्तहरु हाल मलंगवा स्थित कारागारमा रहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
याे पनि पढ्नाेस्
किन गरे आफ्नै भान्सेले पूर्व राज्यमन्त्री रायको हत्या ?