logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

पूर्व वडाध्यक्षको निधनमा शोक बिदा


  • उज्यालो अभियान

कविलासी, ०९ भदौ – सर्लाहीको कविलासी नगरपालिकाले पूर्व वडाध्यक्षको निधनमा आज (आइतबार) नगरभर शोक बिदा दिएको छ ।

नगरपालिकाको वडा नं. ४ हेमपुरका निवर्तमान वडाध्यक्ष अरविन्दकुमार यादवको निधनमा दुःख व्यक्त गर्दै आज एक दिनका लागि नगरभित्र शोक बिदा दिइएको हो । मेयर ब्रह्मदेव रायले प्रेस विज्ञप्ती जारी गर्दै आज एक दिन नगरपालिकाका आकस्मिक बाहेकका सबै सेवा बन्द रहने उल्लेख गरेका छन् ।

शोक बिदाका कारण कविलासीमा आज नगरपालिका, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थालगायत नगरपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालयहरु बन्द रहेका छन् । मेयर रायले मृतकप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै परिवार र आफन्तजनमा समवेदशन प्रकट गरेका छन् ।

४३ वर्षीय यादवको शुक्रबार राति बरहथवा नगरपालिका–१० स्थित किसनपुर चोकमा आफैले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित यादव २०७९ को निर्वाचनमा पनि प्रत्यासी थिए ।

एमाले सर्लाही जिल्ला कमिटीको सदस्य समेत रहेका यादवको निधनमा पार्टीले जिल्लाभर हिजो, आज र भोली तीन दिन कुनै कार्यक्रम नगर्ने विज्ञप्ती जारी गरेर जानकारी गराइसकेको छ ।