logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तस्करीको काठसहित गाडी नियन्त्रणमा


  • उज्यालो अभियान

सागरनाथ, ०५ भदौ – प्रहरीको टोलीले सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ वन परियोजनाभित्रबाट तस्करी गर्दै गरेको काठसहित एउटा टाटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केशरगन्जको प्रहरी टोलीले ईश्वरपुरस्थित बाँके खोला क्षेत्रबाट ५ थान सालको गोलियासहित काठ लोड भएको बा ८ च ७४९१ नम्वरको पिकअप गाडी नियन्त्रणमा लिएको हो । काठ तस्करमा संलग्न मानिस भने प्रहरी टोलीलाई देख्नासाथ गाडी छाडेरै फरार भएका छन् ।

बरामद गरिएको काठ लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याएर कारवाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

वन कार्यालयबाट नियमित गस्ती हुन नसक्दा सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रसँगै फूलजोर बाबा साझेदारी वन, जानकीनगर साझेदारी वन, लालबन्दी साझेदारी वन र विकट चुरेभेगका विभिन्न सामुदायिक वनबाट तस्करले सालका काठ तस्करी गर्ने गरेका छन् ।