logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हीरापुरमा झोलुंगे पुल, आवतजावतमा सहजता


  • उज्यालो अभियान

बरहथवा, ०४ भदौ – सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरस्थित मनुष्मारा खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

नगरपालिका कार्यालयले ४७ लाख रुपियाँ खर्चिएर निर्माण गरेको झोलुङ्गे पुलको हिजो नगरप्रमुख कल्पनाकुमार कटुवालले उद्घाटन गरिन् । हीरापुर चौर नजिक निर्माण गरिएको यो झोलुङ्गे पुलबाट अब स्थानीयलाई खोला वारपार गर्न तथा खेतबारीको काम गर्न जान सहज भएको छ ।

खोलामा पुल नहुँदा स्थानीय सर्वसाधारण र किसान खोलामा हेलिएरै वारपार गर्नुपर्ने बाध्यता अन्त्य गर्न झोलुङ्गे पुल निर्माण गरिएको नगरप्रमुख कटुवालले बताईन् । यस्तै सोही पुलको उद्घाटनकै अवसर पारेर हीरापुर बैरेजमा आयोजित श्रावणी मेला महोत्सवको पनि हिजो नै उद्घाटन गरिएको छ ।

१५ औँ श्रावणी मेला आज रातिसम्म संचालन हुने बरहथवा ११ का वडाध्यक्ष नवराज राईले बताए ।