logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा दुईवटा मोटरसाइकल जुध्दा ४ जना घाइते, एक घाइतेको हातको औँला छिन्यो


  • उज्यालो अभियान

लालबन्दी, ०२ भदौ – पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, पूर्व बसपार्क नजिक आज दिउँसो दुईवटा मोटरसाइकल जुध्दा ४ जना घाइते भएका छन् ।

बा ८४ प ७४५६ र ज ५ प ३२८९ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुवै मोटरसाइकलका चालक र पछाडि सवार व्यक्ति घाइते भएका हुन् । दुर्घटनामा बा ८४ प ७४५६ नम्वरको मोटरसाइकलका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ का २४ वर्षीय पंकज महतो, सो मोटरसाइकल पछाडि सवार चन्द्रनगर ३ कै २६ वर्षीय गोविन्द पण्डित तथा ज ५ प ३२८९ नम्वरको मोटरसाइकलका चालक महोत्तरीको गौशाला नगरपालिका १२ कान्तिबजार निवासी २७ वर्षीय पंकज सिंह र सोही मोटरसाइकलको पछाडि सवार कान्तिबजारकै २४ वर्षीय अमित सिंह घाइते भएका छन् ।

घाइतेमध्ये ज ५ प ३२८९ नम्वरको मोटरसाइकलका चालक कान्तिबजारका पंकज सिंहको दाहिने हातको कान्छी औँला छिनेको छ । सिंहलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ ।

अन्य ३ घाइतेको अवस्था सामान्य रहेको र लालबन्दीमै उपचार चलिरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।