मधुवनगोठ, ०२ भदौ – प्रहरीले सर्लाहीको सीमावर्ती क्षेत्रमा हिजो अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय गडहीया र प्रहरी चौकी मधुवनगोठबाट परिचालित प्रहरी टोलीले सीमा एरियामा भट्टी पसल भत्काई ११ सय ५० लिटर कच्चा घरेलु मदिरा, ४० लिटर तयारी मदिरा र मदिरा बनाउने भाँडा नष्ट गरेको हो ।
सीमापारी भारतको बिहारमा मदिरा बन्देज गरिएदेखि सर्लाहीको सीमावर्ती क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्री गर्ने भट्टी संचालन भएका छन् ।