logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सशस्त्र क्याम्प र वडा कार्यालयमाथि ढल्यो रुख, ठूलो मानवीय क्षति टर्यो


  • उज्यालो अभियान

गोडैता, ०२ भदौ – गएरातिको वर्षापछि सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीमा रुख ढल्दा बिजुलीको दुईवटा पोल पूर्णरुपमा भाँचिएर क्षतिग्रस्त भएका छन् ।

रुख ढल्दा नजिकैको सशस्त्र प्रहरीको क्याम्प र वडा कार्यालयमा ठूलो क्षति टरेको वडाध्यक्ष केशव कुमारले उज्यालो अभियानलाई जानकारी दिए । उनले मानवीय क्षति समेत हुन नपाएको सुनाए ।

बिजुलीको पोल नै टुक्राटुक्रा भएपछि त्यसभेगमा बिजुली अवरुद्ध बनेको छ ।