फाइल तस्बीर ।
लालबन्दी, ०२ भदौ – राति पानी परेको सर्लाहीमा आज पुनः बिहानैदेखि चर्किएर घाम लागेको छ ।
राति जिल्लाको अधिकांश भू–भागमा वर्षा भएको थियो । उत्तरी भेगको तुलनामा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा कम पानी पर्यो ।
चुरेवर्ती बस्ती आसपास भने राति केहीबेर भारी वर्षा भएको स्थानीयले बताएका छन् । रातिको पानीपछि धान, भर्खरै रोपिएको कोदो, उखुलगायतका बालीनालीलाई ठूलो फाइदा पुगेको छ ।
३ दिनदेखिको चर्को गर्मीपछि मौसम बद्ली भई राति जिल्लामा पानी परेको हो । पानी परेर कालिन्जोर, फूलजोर, बाँके, लखन्देहीलगायतका खोलामा राति बाढी आएपनि अहिले पानी घटिसकेको छ ।
यहाँ भदौको गर्मी चढ्दै गर्दा मानिसमा ज्वरो, रुखाखोकी, घाउखटिराजस्ता गर्मीजन्य संक्रमण बढ्दो छ ।