logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनज्योति भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा न्यौपाने


  • उज्यालो अभियान

लालबन्दी, ०१ भदौ – सर्लाहीको लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालको नयाँ नेतृत्व चयन भएको छ ।

समाजको आज सम्पन्न दोस्रो अधिवेशनबाट राजकुमार न्यौपाने अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिमा रमा पौडेल उपाध्यक्ष, क्षितिज श्रेष्ठ महासचिव र चिरन्जिवी खतिवडा कोषाध्यक्षमा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विकल जर्गा मगर, सन्तोष चौलागाईं, विपीन भट्टराई, राजकुमार सिंह, लक्ष्मी खरेल थपलिया, ज्योति भुजेल, दीपेन्द्र ढकाल, दिनेश घिमिरे र मनोज घिमिरे रहेका छन् ।

समाजका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता, प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता र लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको विशिष्ठ आतिथ्यतामा भूतपूर्व विद्यार्थी समाजको अधिवेशन सम्पन्न भएको हो ।