logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आगलागीबाट गोठ जल्यो, हलगोरु घाइते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बाराउद्योरण, ३२ साउन – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीमा आगलागीबाट एक किसानको गोठ जलेर नष्ट भएको छ ।

आज बिहान २ बजेतिर भएको आगलागीबाट पकडी बस्ने शिवजी साहको गोठ पूर्णरुपमा जलेर ध्वस्त भएको हो । आगलागीमा परेर दुईवटा गोरु जलेर घाइते भएका छन् ।

प्रहरी चौकी बाराउद्योरणका अनुसार आगलागीबाट ४० हजार रुपियाँ बराबरको क्षति भएको छ । एक घण्टापछि प्रहरी र स्थानीय भएर नियन्त्रणमा लिइएको आगलागी हुनुको कारण खुल्न सकेको छैन् ।