logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शम्भुप्रसाद यादवको अध्यक्षतामा जसपा सर्लाहीको कार्य समिति घोषणा


  • उज्यालो अभियान

मलंगवा, ३१ साउन – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीको आज सर्लाही जिल्ला कार्य समिति घोषणा गरिएको छ ।

सदरमुकाम मलंगवामा घोषणा सभाको आयोजना गरी शम्भुप्रसाद यादव अध्यक्ष रहने गरी २५ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरिएको हो । पार्टीका मधेश प्रदेश संयोजक अशोककुमार यादवको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष अशोक कुमार राईको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा जिल्ला समिति घोषणा सभा कार्यक्रममा पार्टीकी सह–अध्यक्ष रेणु यादव, सचिव वीरेन्द्र कुमार महतोलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय अध्यक्ष राईलगायत अन्य नेताहरुलाई दुई सय किलोको मालाले सम्मान गरिएको पार्टीका मधेश प्रदेश संयोजक एवं पूर्व मधेशसभा सदस्य अशोक कुमार यादवले जानकारी दिए ।