logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पत्रकार मैनालीले मनाए बालगृहमा जन्मदिन


  • उज्यालो अभियान

घुर्कौली, ३० साउन – पत्रकार प्रकाश मैनालीले आफ्नो जन्मदिन सर्लाहीको घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृहमा मनाएका छन् ।

उनले हिजो परेको जन्मदिन बालगृहमा आश्रीत बेसहारा बालबालिकासँगै बसेर मनाएका हुन् । सामुदायिक रेडियो एकताका व्यवस्थापक मैनालीले सोही अवसरमा बालगृहमा आश्रय दिएर राखिएका बालबालिकालाई भोजनको प्रवन्ध मिलाएका छन् ।

कार्यक्रममा सरिक प्रदेश सभा सदस्य बेची लुंगेली, बालगृहका अध्यक्ष सुरेन्द्र लामा, रेडियो एकताका अध्यक्ष गोविन्द बहादुर महत, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतले जन्मदिनमा पत्रकार मैनालीले गरेको सामाजिक सेवा प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।