फाइल तस्बीर ।
हरिवन, २८ साउन – सर्लाहीको अधिकांश क्षेत्रमा आज अपरान्हपख पानी परेपछि उखरमाउलो गर्मी केही कम भएको छ ।
यहाँ आज बिहानपख चर्को घाम लागेर अत्यधिक गर्मी थियो । तर अपरान्हपख मौसम बद्ली भई पूर्व पश्चिम राजमार्ग क्षेत्रसहित विभिन्न भेगमा पानी परेको हो ।
अहिले प्रायः एक ठाउँमा पानी पर्ने र नजिकै अर्को ठाउँमा नपर्ने अर्थात् खण्डवृष्टि हुने भइरहेको छ । पानी परेको तथा मौसम धुम्म भएकाले अपरान्हबाट गर्मी कम भएको महशुस स्थानीयले गरेका छन् ।
सर्लाहीमा यो वर्ष बेलाबेलामा पानी परिरहेकाले धान बाली राम्रो भएर हुर्किरहँदा किसान असाध्य खुसी छन् ।