logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छोरीको जन्मदिनमा आश्रमका वृद्धवृद्धालाई भोजन


  • उज्यालो अभियान

बरामद भएको लागुऔषध ।

नवलपुर, २८ साउन – सर्लाहीको हरिपूर्वा निवासी पत्रकार मुकेश झाले छोरीको जन्मदिनमा आज वृद्धाश्रमका बुवाआमालाई भोजन गराएका छन् ।

उनले छोरी सन्ध्या १० वर्षमा प्रवेश गरेको अवसरमा बिहान लालबन्दी २ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा शरण दिएर राखिएका ४० जना भन्दा बढी वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका हुन् । श्रीमती वर्षा र आमा त्रिपुलासँगै आश्रममा आएका हरिपूर्वा नगरपालिका २ निवासी झाले जिल्लाका अन्य पत्रकार समेतको उपस्थितिमा छोरी सन्ध्याको जन्मोत्सव बेसहारा आमाबुवा आश्रीत आश्रममा मनाएका हुन् ।

झाले छोरीको जन्मोत्सवको खुसीयालीमा सामाजिक कार्य गर्ने उक्साहटले गर्दा वृद्धाश्रममा आएर बुवाआमालाई मिष्ठान्न भोजन गराएको बताए ।

आश्रमका संरक्षक बासुदेवशरण कोइराला, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलगायतले यस प्रकारको सामाजिक कार्यबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरे ।