logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा एक युवक मृत फेला, हत्याको आशंका


  • उज्यालो अभियान

बरहथवा, २६ साउन – सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा आज बिहान एक युवक मृत फेला परेका छन् ।

स्थानीय श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह घर नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने खाली घरमा मृत फेला परेका हुन् । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनायो ।

घटना गम्भीर प्रकृतिको रहेको भन्दै मृतक युवकका परिवारको आग्रहमा प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाले घटनाको विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ परेकी युवती मृतक युवकको प्रेमिका रहेको बुझिएको छ । डिएसपी गौतमले नियन्त्रणमा रहेकी युवतीसँग सोधपुछसँगै अन्य कोणबाट समेत घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको बताए ।