logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा नक्कली परीक्षार्थी पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २१ साउन – सर्लाही क्याम्पस मलंगवाबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

सिटिईभिटीबाट सञ्चालित सामान्य चिकित्साको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिन खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–३, लक्ष्मीनिया टोल बस्ने ३१ वर्षका दुर्गा शर्मा रहेका छन् ।

शर्मा शिवनारायण ठाकुरको नाममा परीक्षा दिने बदनियतले परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शर्माविरुद्ध शिक्षा ऐन, २०२८ अनुसार जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीले शर्मालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।