लालबन्दी, २० साउन – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा अध्ययनरत् दुई विद्यार्थीले क्याम्पसलाई सरसफाई सामग्री सहयोग गरेका छन् ।
क्याम्पसका विद्यार्थी आदित्य महतो र सफल अधिकारीले क्याम्पसलाई डस्टबिन, सेनेटरी प्याड र डिटोल प्रदान गरेका हुन् ।
महतो र अधिकारी मिलेर क्याम्पसलाई एक थान डष्टबिन, ६ प्याकेट सेनेटरी प्याड र दुई भाँडा डिटोल प्रदान गरेका हुन् । ति सामग्री आज बिहान क्याम्पस प्रमुख उमेश तिमल्सिनालाई हस्तान्तरण गरिएको छ ।