logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

एकीकृत समाजवादीमा सर्लाहीबाट ५ जना केन्द्रीय सदस्य


  • उज्यालो अभियान

हरिवन, १९ साउन – नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्यमा सर्लाहीबाट ५ जना चयन भएका छन् ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटीकाे पहिलाे बैठकले ३४४ सदस्यीय केन्द्रीय कमिटी घाेषणा गर्दा सर्लाहीबाट ५ जना परेका हुन् । सर्लाहीबाट लक्ष्मण पाैडेल, रविन्द्र वैठा, जिल्ला अध्यक्ष सुरेन्द्र लामा, मधेश प्रदेश सरकारकी पूर्व मन्त्री बेची लुंगेली र आरती लामा समाजवादीका केन्द्रीय सदस्य भएका हुन् ।

आरती जिल्ला अध्यक्ष लामाकी छाेरी हुन् । आरती पार्टी सम्बद्द विद्यार्थी संगठनकाे केन्द्रीय अध्यक्षकाे हैसियतले तथा आफू सहित ४ जना भूगाेलबाट केन्द्रीय सदस्यमा चयन भएकाे सर्लाही अध्यक्षसमेत रहेका लामाले जानकारी दिए ।

जसपा नेपालमा पनि ८ जना केन्द्रीय सदस्य

उपेन्द्र यादव नेतृत्वकाे जसपा नेपालकाे केन्द्रीय सदस्यमा पनि सर्लाहीबाट ८ जना परेका छन् ।

केही दिनअघि अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक गरेकाे लिष्ट अनुसार आरती झा, उदयकान्त मिश्र, किरण कुमारी राय, जयप्रकाश यादव (जेपी), पेशल ढकाल, प्रमाेद साह, संजय कुमार यादव र सुधिर कुमार यादव केन्द्रीय सदस्य चयन भएका हुन् ।