logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पूर्व राज्यमन्त्री रायको मलंगवामा शोक सभा


  • उज्यालो अभियान

मलंगवा, १७ साउन – आफ्नै भान्से र छिमेकीबाट हत्या गरिएका पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा दुःख व्यक्त गर्दै शोक सभा गरिएको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ४ स्थित निजी निवासमा गएसाँझ परिवारजनको तर्फबाट शोक सभा गरिएको हो । सभामा उपस्थित भएर पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीलगायत जिल्लास्थित विभिन्न पार्टीका नेता कार्यकर्ता र दिवंगत रायको शुभेच्छुकले दुःख व्यक्त गरेका छन् ।

रायको साउन ६ गते राति पुर्खौली घर चन्द्रनगर गाउँपालिका १ स्थित रतनपुरमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उनको हत्यामा संलग्न भान्से र सिमानेदारलाई नियन्त्रणमा लिएर कानूनी कारवाही अघि बढाइसकेको छ ।