पाेष्टमार्टमका लागि रायकाे शव लिन आएकाे प्रादेशिक अस्पताल मलंगवाकाे शववाहन । (तस्बिर : उज्यालाे अभियान)
चन्द्रनगर, ०७ साउन – पूर्व भूमिसुधार राज्य मन्त्री रामचन्द्र रायकाे हत्या भएकाे छ ।
आइतबार राती सर्लाहीकै चन्द्रनगर गाउँपालिका-१ रतनपुर स्थित घरमा ८० वर्षीय रायकाे हत्या भएकाे हाे । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका सहाेदर दाई रामचन्द्र धानखेती गराउनका लागि साता दिनदेखि चन्द्रनगर बस्दै आएका थिए ।
घरमा रहेका आफन्त समेत रहेका एक कामदारले राती १ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहका अनुसार कुराकानी गर्न भन्दै राती ९ बजेतिर नचिनेका ३ जना आएपछि रायले आफूलाई माथि गएर सुत्न भनेकाे र राती १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेकाे बताएका छन् ।
प्रहरीका अनुसार यादवकाे टाउकाकाे बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएकाे छ । उखु काट्न प्रयाेग हुने दबियाले टाउकामा प्रहार भएकाे प्रहरीले जनाएकाे छ ।
खबर प्राप्त हुनासाथ एसपी सिंहकाे टाेली घटनास्थल पुगेकाे थियाे भने बिहान सबा ४ बजे धनुषाबाट कुकुर सहितकाे टाेली समेत आएकाे थियाे । त्यस्तै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञ बिनोद पोखरेलसमेत बिहान पाैने ५ बजे घटनास्थल पुगेका थिए ।
सातायता चन्द्रनगर बस्दै आएका राय आईतबार दिउँसाे मलंगवा नगरपालिका-४ स्थित घर आएर पुनः फर्किएका थिए । २०५६ सालकाे संसदीय निर्वाचनमा सदरमुकाम मलंगवा सहितकाे साबिक क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका नेता रामहरि जाेशीलाई हराउँदै राप्रपाबाट सांसद निर्वाचित राय पूर्व राजा ज्ञानेन्द्र शाहकाे शाहीकालमा राज्यमन्त्री भएका थिए ।
घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाईएकाे एसपी सिंहले बताए । मृतककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएकाे छ ।