चट्याङले छतमा परेकाे प्वाल ।
हरिवन, ०४ साउन – चट्याङ लागेर एक पक्की घरकाे छतमा प्वाल परेकाे छ भने ७ लाख रुपैंया बराबरकाे क्षति भएकाे छ ।
हरिवन नगरपालिका-११ हरिवन बजार स्थित कृष्ण बहादुर खड्काकाे चारतले घरमा चट्याङ लागेकाे हाे । विहिबार राती ११ बजे परेकाे चट्याङले मिटरबक्स सहित सम्पूर्ण विद्युत वायरिङ सामग्री नष्ट भएकाे विवरण प्राप्त भएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । चट्याङले घरकाे माथिल्लाे तलाकाे छतमा प्वाल पर्नुका साथै भित्ता र झ्यालमा समेत क्षति पुर्याएकाे प्रहरीले जनायाे ।
त्यस्तै हरिवन मिडिया एवं आसपासका अधिकांश घरहरुमा विद्युतीय सामग्रीमा क्षति पुगेकाे स्थानीय केशव ढकालले जानकारी दिए । जसअनुसार लाखाैंकाे क्षति भएकाे छ ।