बयलवास, ०१ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, मा आज कृषक समूहलाई एक थान मिनी टेलर मेसिन (हलो) सहयोग गरिएको छ ।
ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले समुन्नति परियोजना अन्तर्गत बरमबाबा कृषक समूहलाई मिनी टेलर सहयोग गरेको हो । समूहलाई एक लाख ८० हजार रुपियाँ बराबरको मेसिन प्रदान गरिएको ग्रामीण नारी उत्थान सङ्घका सचिव सूर्य चालिसेले जानकारी दिए ।
उनका अनुसार व्यावसायिक रुपमा तरकारी तथा अन्य बाली लगाउने समूहमा आवद्ध कृषकलाई खनजोतमा सहयोग पुगोस् भनी मिनी टेलर प्रदान गरिएको हो । संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेले ईश्वरपुर नगरपालिका ७ का वडाध्यक्ष नाथुराम चौधरीको प्रमुख आतिथ्यतामा कृषकहरुलाई मिनी टेलर हस्तान्तरण गरिन् ।
संस्थाले ईश्वरपुरमा अन्य कृषक समूहलाई पनि यस प्रकारको कृषि मेसिन तथा औजार, उपकरण सहयोग गर्दै आइरहेको समुन्नति परियोजना संयोजक दीपक भण्डारीले बताए ।