logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घर भत्किएको चौधरी परिवारलाई राहत प्रदान


  • उज्यालो अभियान

लालबन्दी, २८ असार – सर्लाहीको लालबन्दी नगरपालिका–५, रन्जितपुरमा निरन्तरको वर्षाले घर भत्किएर क्षति पुगेको एक परिवारलाई राहत प्रदान गरिएको छ ।

अविरल वर्षातका कारण घर भत्किएर समस्यामा परेका शिवकरण चौधरी (भुट्टा) को परिवारलाई वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) ले आज व्यक्तिगत तर्फबाट ५ हजार नगद र एक बोरा चामल दिएका हुन् । चौधरी परिवारको आर्थिक अवस्था दयनीय रहेकाले बिजोग अवस्था देखेर आफूले व्यक्तिगत तर्फबाट भएपनि सहयोग गरेको वडाध्यक्ष ढुंगेलले बताए ।

वर्षातका कारण चौधरी परिवारको कच्ची घरको केही भाग ढलिसकेको छ भने पूरै घर ढल्ने अवस्थामा रहेको वडाध्यक्ष ढुंगेलले जानकारी दिए ।