सर्लाही जिल्ला अदालत । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, २७ असार – सर्बाेच्च अदालतका प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठले विहिबार सर्लाही जिल्ला अदालतकाे निरीक्षण गरेका छन् ।
सदरमुकाम मलंगवा स्थित अदालतकाे भवन तथा कर्मचारीहरुकाे काम कारबाही बारे प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वकाे टाेलीले स्थलगत रुपमा अवलाेकन निरीक्षण गरेकाे सर्लाही जिल्ला अदालतका स्रेस्तेदार शदन अधिकारीले जानकारी दिए । प्रधानन्यायाधीश श्रेष्ठसँगै, उनकी श्रीमति, सर्बाेच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पाैडेल, सर्बाेच्चका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, उच्च अदालत जनकपुरका रजिष्ट्रार प्रेम खड्का लगायत रहेका थिए ।
निरीक्षण पश्चात मलंगवा स्थित सुजाता हाेटलमा खाना खाएर प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वकाे टाेली महाेत्तरी जिल्ला अदालतकाे नवनिर्मित भवन उद्घाटन गर्न दिउँसाे जलेश्वरतर्फ लागेकाे छ ।