logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ट्याक्टर पल्टिँदा चालकको मृत्यु


  • उज्यालो अभियान

बरहथवा, २७ असार – सर्लाहीको बरहथवा नगरपालिका–१२, पटेर्वा टोलमा ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ ।

गएराति ९ बजेतिर खेत जोतिरहेको ना ६ त १२६५ नम्वरको ट्याक्टर पल्टिँदा चालक बरहथवा नगरपालिका–१२, पुरैनिया टोलका ३० वर्षीय सुरेश रायको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइ घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको छ । केही दिनअघि हरिवन नगरपालिका–१, पटौनामा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।