logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा रोकियो वर्षा, बिहानैदेखि घाम


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २४ असार – सर्लाहीमा पानी पर्नेक्रम रोकिएको छ । यहाँ आजको मौसम बिहानैदेखि सफा भई घाम लागिरहेको छ ।

केही दिनदेखि लगातार पानी पर्दा यहाँका स्थानीयले शित्तलताको महशुस गरेका थिए । तर आजबाट फेरि पानी पर्न रोकिएर घाम लाग्न थालेसँगै गर्मी चढेको छ ।

यो वर्ष मध्य असारमा आकाशे वर्षाले राम्रो साथदिँदा धेरैजसो किसानले धान रोपाइँ सक्काइसकेका छन् । कतिपयले अहिले धमाधम रोपाइँ गरिरहेकै छन् ।

मकै पाकेर भित्र्याएपछि रोपाइँ गर्ने खेत भने बाँकी छ । अहिले कुलो र नहरमा पर्याप्त पानी हुँदा फटाफट रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।