लालबन्दी, २३ असार – लालबन्दी नगरपालिकाले आफ्नोे प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्द्वारा आज आयोजित कार्यक्रममा लालबन्दी नगरको परिचय झल्कने प्रतीक चिह्न सार्वजनिक गरिएको हो । नगर प्रमुख बासुदेव अधिकारी र उप–प्रमुख कल्पना माया पाख्रिनले संयुक्त रूपमा उक्त प्रतीक चिह्न सार्वजनिक गरेका हुन् ।
विभिन्न छनोट चरण पार गरेर परिषद्ले सिफारिस गरेको नगरको प्रतीक चिह्न (लोगो) लाई आज सार्वजनीकरण गरिएको हो । उक्त लोगो निर्माणकर्ता लालबन्दी ७ का कोमलप्रसाद गौतम रहेका छन् ।

लोगो निर्माणकर्ता कोमलप्रसाद गौतम ।
प्रतीक चिह्न सार्वजनीकरण समारोह–२०८१ कार्यक्रमलाई सम्बोधन गर्दै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका अध्यक्ष दीपक अधिकारीले परिषद्ले स्थापनाको ४ वर्षमै राष्ट्रिय छवि बनाउनु अत्यन्त सुखद् रहेको बताए ।
उक्त कार्यक्रममा परिषद्को आर्थिक वर्ष २०८०/०८१ को एकीकृत वार्षिक प्रतिवेदन परिषद्का अध्यक्ष अच्युत अघिकारीले नगर प्रमुखसमक्ष पेस गरेका थिए ।