फाइल तस्बिर ।
हरिपुर, २२ असार – सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवामा चराउन लगिएका बाख्रा कुकुरले मार्न नछाडेपछि पशुपालक किसान आतङ्कित बनेका छन् ।
दैनिकजसो जङ्गलबाट निस्कने पाँच/सात वटा कुकुरले चरिचरणका लागि जङ्गल लगिएका बाख्रापाठा मार्ने गरेको स्थानीय ध्रुवप्रसाद प्रसाईले जानकारी दिए । उनका अनुसार कुकुरले बासु हुमागाईं, पद्मबहादुर बल, शम्भु पौडेल, अर्जुन पौडेललगायतको बाख्रा मारिसकेको छ ।
बाख्रा चराउन लगेको बेला एक्कासी जङ्गलबाट निस्कने कुकुरको हुलले बाख्रालाई आक्रमण गरेर मार्ने गरेको किसानले बताएका छन् ।
धपाउन खोज्दा कुकुरले मान्छेलाई समेत आक्रमण गर्ने भएकाले आफूहरु आतङ्कित बनेको प्रसाईले बताउनुभएको छ । ति कुकुर कहाँबाट आए भन्ने खुल्न सकेको छैन् ।
पाँच÷सातवटाको समूहमै रहेका कुकुरले आतङ्क मच्चाउँदा गाउँ नजिकको जङ्गलमा घाँस, दाउरा लिन र वस्तुभाउ चराउन जान डरमर्दो भएको स्थानीयले बताएका छन् ।