logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाही प्रहरीद्वारा विभिन्न मुद्दामा फरार रहेका ५ जना प्रतिवादी पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २० असार – फरार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाएको सर्लाही प्रहरीले पुनः ५ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्लाही जिल्ला अदालतबाट विभिन्न समयमा भएका फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी तथा मातहतको इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले ५ जना अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लेनदेन मुद्दामा ६८ रुपैयाँ ८८ पैसा जरिवाना तोकिएका व्यक्तिदेखि २ लाख ५० हजार धरौटी रकम तोकिएका अभियुक्तसम्म छन् ।

उनीहरु जरिवाना र धरौटी रकम बुझाएर छुटेका छन् । मुद्रा सम्वन्धी कसुर लागेका बलरा नगरपालिका ८ बस्ने हरिचन साह भने पूर्पक्षमा कारागार चलान भएका छन् । यसअघि अस्ती इलाका प्रहरी कार्यालय बरहथवाले १७ जना अभियुक्तलाई पक्राउ गरी सर्लाही जिल्ला अदालतमा बुझाएको थियो ।

अदालतबाट सजाय तोकिएर लुकिछिपी बसिरहेकाहरुलाई धमाधम पक्राउ गरी अदालतमा उपस्थित गराइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।