बागमती, १८ असार – पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०१ औँ जन्मजयन्तिका अवसरमा आज बिहान सर्लाहीको बागमतीमा एक विद्यालयलाई गमला प्रदान गरिएको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल बागमती ११ कार्य समितिले सोही वडाको पशुपति प्राथमिक विद्यालयमा ५० थान गमला सहयोग गरेको हो । सोही अवसरमा विद्यालय परिसरमा कपुर, निलमोहर, गुलमोहरसहित विभिन्न फूलका १०१ जात रोपण गरिएको नेपाल तरुण दल बागमती ११ का सभापति प्रकाश केसीले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सचिव निरोज कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल थापा, शिक्षक अभिभावक संघका अध्यक्ष कविराज खड्का, पशुपति सामुदायिक वनका अध्यक्ष बद्रीकुमार खड्कासहित कांग्रेसका नेता कार्यकर्ता, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।