logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन १ मा सार्वजनिक सुनुवाई सम्पन्न


  • उज्यालो अभियान

हरिवन, १८ असार – सर्लाहीको हरिवन नगरपालिका १ को वडा कार्यालयले हिजो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

वडाले चालू आर्थिक वर्ष २०८०/८१ मा भए गरेका योजना तथा कार्यक्रमका सम्वन्धमा वैद्यटोल पेमा साङ्ङाग छ्योलिङ्ग गुम्बामा सार्वजनिक सुनुवाई गरिएको हो । वडाध्यक्ष टमबहादुर घिसिङको अध्यक्षता तथा नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयले सडक, पुल, पुलेसा, गुम्बा, कृषिलगायतसँग जोडिएको विषयमा गुनासा तथा जिज्ञाशा र सल्लाह सुझाव राखेका छन् ।

स्थानीयलाई सम्वोधन गर्दै मेयर बुढाथोकीले नगरकै विकट क्षेत्रमा पर्ने हरिवनको वडा नं. १ मा क्रमैसँग प्रत्येक बस्तीमा सडक, विद्युतसहितका सुविधा पुर्यारहेको उल्लेख गरे । उनले दुर्गम भएकाले अन्य वडाभन्दा आफूले हरिवन १ लाई बढी माया गरेको समेत बताए ।

वडाध्यक्ष घिसिङले चुरेको दर्जनौँ पाखापखेरामा बस्ती रहेको र काम गर्न गाह्रो भइरहेको बाबजुत पनि बलबुताले भ्याएसम्म स्थानीयलाई आधारभूत सेवा सुविधा पुर्याउन तल्लिन रहेको उल्लेख गरेका छन् ।

उज्यालो अभियान नेपालको आयोजनामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव रेणुका प्रधानलगायतको आतिथ्यता रहेको थियो ।