logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सिडिओसहितको टोलीद्वारा सीमा क्षेत्रको निरीक्षण


  • उज्यालो अभियान

त्रिभुवननगर, १८ असार – प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहितको टोलीले हिजो सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित त्रिभुवननगर सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

सिडिओ अधिकारीसहितको टोलीले सीमा क्षेत्र, बोर्डर आउट पोष्ट (बीओपी) त्रिभुवननगर र प्रहरी चौकी त्रिभुवननगरको निरीक्षण गरेको हो । निरीक्षणमा सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख देवराज लिम्बु, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

अनुगमन टोलीले सीमा क्षेत्रको जानकारी लिनुका साथै लागुऔषधको रोकथाम तथा न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका सम्वन्धमा स्थानीयसँग छलफल समेत गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।