logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

वर्षा रोकिएको ७ घण्टासम्म पनि लच्कामा बाढी


  • उज्यालो अभियान

सासापुरस्थित गणेश चोकको लच्कामा दिउँसो साँढे ३ बजेतिरसम्म पनि आइरहेको बाढी । (तस्बीर : उज्यालो अभियान)

सासापुर, १४ असार – वर्षा रोकिएको ७ घण्टा भइसक्दा पनि सर्लाहीको पूर्व पश्चिम राजमार्गस्थित नवलपुर बागवानी केन्द्र अगाडि र सासापुर गणेशचोकको लच्कामा अहिले पनि ठूलो बाढी आइरहेको छ ।

बाढीकैबिच जोखिमपूर्ण हिसाबले मोटरसाइकल, कारसहितका सवारी वारपार गरिरहेका छन् । जिल्लाको उत्तरी भेगमा पुनः वर्षा होला जस्तो भई मौसम धुम्मिन सुरु भएको छ ।