फाइल तस्बीर ।
बागमती, १४ असार – सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान परेको चट्याङ लागेर बागमती नगरपालिका–१, मिलनचोक बस्ने दिलबहादुर आले मगरकी श्रीमती ६४ वर्षीया गोमा आले मगरको मृत्यु भएको हो । खेतको आलीमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते मगरलाई बागमतीमा सामान्य उपचार गरी थप उपचारका लागि नारायणी अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।
सर्लाहीको उत्तरी भेगमा आज बिहानपख भारी वर्षासँगै अत्यधिक चट्याङ परेको थियो ।
चट्याङ लागेर विभिन्न स्थानमा विद्युतको मिटरलगायतका विद्युतीय उपकरणमा क्षति पुगेको छ ।