logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

७४ लाखको ग्याँस लाइटर बरामद


  • उज्यालो अभियान

बागमती, १३ असार – प्रहरीले सर्लाहीको बागमती नगरपालिका–१२, स्थित पूर्व पश्चिम राजमार्गबाट ७४ लाख बढीको ग्याँस लाइटर बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले वीरगन्जबाट जनकपुरका लागि छुटेको प्र.२–०१–००१ ख ०१५३ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा ट्रक भित्र मेड ईन चाईना लेखिएको चाईनिज ग्यास लाईटर ६५० कार्टुन बरामद गरेको हो ।

उक्त ग्याँस लाइटरको मूल्य ७४,२४,१०० रुपैयाँ कायम गरी राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

प्रहरीले बरामद गरिएको समानहरुको प्रज्ञापन पत्र नभएको र बिल भरपाई शंकास्पद रहेको दावी गरेको छ