logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम आज सफा, बिहानैदेखि चर्को घाम


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १३ असार – हिजो दिनभरजसो झरी परेको सर्लाहीको मौसम आज भने सफा छ ।

यहाँ आज बिहानैदेखि चर्किएर घाम लागेको छ । हिजो जिल्लाको उत्तरी चुरेभेगमा भारी वर्षा भएको थियो ।

जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका १४ नारायणखोलाका स्थानीयले भीषण वर्षा भई लखन्देही खोलामा २०५० साललाई सम्झाउने गरी ठूलो बाढी आएको बताएका छन् ।

पानी पर्न रोकिएपछि लखन्देहीसहित बाँके,कालिन्जोर, फूलजोर, बागमतीसहितका खोलामा पानीको बहाव घटेको छ । पानी परेपछि जिल्लामा रोपाइँले गति लिएको छ ।

किसानलाई उखु तथा मकैमा मलखाद गर्ने चटारो पनि छ । उत्तरी भेगमा बिहानै ठूलो पानी परेपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने मध्यान्हपछि मध्यमखालको वर्षा भएको स्थानीयले बताएका छन् ।

पानी परेपछि जिल्लाका कच्ची सडकहरु पानी जमेर खराब भएका छन् । वर्षाले केही स्थानमा निर्माणाधीन सडक, नालासहितका अन्य संरचना क्षति पुर्याएको स्थानीयले बताएका छन् ।