logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तराष्ट्रिय दिवस : सप्ताहव्यापी कार्यक्रमको समापन


  • उज्यालो अभियान

मलंगवा, १२ असार – सर्लाहीमा आज लागुऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस अन्तर्गत प्रभातफेरि एवं सप्ताहव्यापी समापन कार्यक्रम गरिएको छ ।

सदरमुकाम मलंगवामा जिल्ला प्रशासन कार्यालय एवं मूल समारोह समितिको आयोजनामा दिवसको समापन गरिएको हो । प्रभातफेरिमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, अन्य सुरक्षा अधिकारी, कार्यालय प्रमुख, जनप्रतिनिधि, नागरिक अगुवा, शिक्षक, विद्यार्थी, होटल व्यवसायी र सामाजिक संघसंस्थामा क्रियाशील संघसंस्थाका प्रतिनिधि सहभागी भएका छन् ।

यस्तै, सोही कार्यक्रममै प्रभातफेरि गरी ट्राफिक सचेतनामूलक सप्ताहव्यापी कार्यक्रमको पनि समापन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतनामूलक कक्षा, पर्चा पप्पलेट वितरण, सवारी चालक र सहचालकको स्वास्थ्य परीक्षणसहितका कार्यक्रम गरेको छ ।