logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वामा आयोजित ७ दिने आधारभूत पत्रकारिता तालिमको समापन


  • उज्यालो अभियान

हरिपूर्वा, ११ असार – सर्लाहीको हरिपूर्वामा आयोजित ७ दिने आधारभूत पत्रकारिता तालिमको आज समापन गरिएको छ ।

हरिपूर्वा नगरपालिकाको आर्थिक सहयोगमा लोकप्रिय आवाज दैनिकले संचालन गरेको तालिमको आज नगर उपप्रमुख सुमित्रादेवि ग्वारिनको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । लोकप्रिय आवाज दैनिकका संचादक विवेक यादवको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार, महिला तथा बालबालिका शाखाकी धनकुमारी खड्का, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, महासंघकै पूर्व जिल्ला अध्यक्ष विश्वनाथ ठाकुर, कान्तिपुर दैनिकका ओमप्रकाश ठाकुर, राजधानी दैनिकका राकेशकुमार गुप्ता, लोकप्रिय आवाजका मुकेश झा लगायतको आतिथ्यतामा समापन गरिएको आयोजकले जनायो ।

सहभागीलाई आज प्रमाण–पत्र वितरण गर्दै तालिमको समापन गरिएको हो । असार ५ गतेदेखि आजसम्म संचालित तालिममा हरिपूर्वाका प्रत्येक वडाबाट जम्मा २५ जना युवा, युवती सहभागी थिए ।

सहभागीलाई गोरखापत्र दैनिकका जनार्जन खत्री र सामुदायिक रेडियो एकताका वुद्धबहादुर विश्वकर्मा (दीपक) भएर प्रशिक्षण प्रदान गरेका छन् ।