बरामद् पेस्ताेल र पक्राउ परेका रामलाल माेक्तान ।
लालबन्दी, १० असार – आधुनिक पेस्ताेल सहित लालबन्दी नगरपालिका-१५ बोहाेरेडाँडा निवासी ५० वर्षीय रामलाल मोक्तान पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको समन्वय तथा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा खटिएको टोलिले मोक्तानलाई साेमबार राती साँढे १२ बजे नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवा का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । टालिले छाएको काठको घरको दोस्रो तल्लाको उत्तर पट्टी रहेको कोठामा खानतलासी गर्दा झुन्ड्याएर राखिएको कालो झोलामा IN USA लेखिएको १ थान पेस्ताेल फेला परेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार सर्लाही जिल्ला अदालतबाट पाँच दिनकाे म्याद लिएर माेक्तान विरुद्ध थप अनुसन्धान अगाडि बढाईएकाे छ ।