लालबन्दी, १० असार – लालबन्दी नगरपालिका १४ नारायणखोलाका स्थानीयले आज नगरपालिका कार्यालय आएर घेराउ गरेका छन् ।
वडा नं. १३ र १४ लखन्देही खोलामा अलपत्र रहेको पक्की पुलका लागि बजेट छुट्याउन नगरपालिकाबाट बेवास्ता गरिएको भन्दै नारायणखोलावासी आएर नगरपालिका कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
मेयर बासुदेव अधिकारीले पुलका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएपछि नारायणखोलावासी फर्किएका छन् । वडाध्यक्ष छेनामसिंह घिसिङकै नेतृत्वमा नगरपालिका कार्यालय आएर स्थानीयले पुलका लागि बजेट माग गरेका हुन् ।