कविलासी, ०८ असार – सर्लाहीको कविलासी नगरपालिकामा आजबाट नगरभित्रका मेलमिलापकर्तालाई मेलमिलाप सम्वन्धी ८ दिने तालिम सुरु भएको छ ।
कविलासी नगरपालिकाले सामुदायिक दिगो विकास सेवा समाज मलंगवासँग सहकार्य गरी आफ्ना नगरभित्रका मेलमिलापकर्तालाई तालिम दिन सुरु गरेको हो । आयुर्वेद औषधालय गैरमा आयोजित तालिममा नगरका १० वटा वडाबाट दुई जनाका दरले २० जना मेलपमिलापकर्ता सहभागी भएका छन् ।
तालिमको आज उपमेयर पुनम कर्णको अध्यक्षता, कार्यपालिका सदस्य विनय कर्ण, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवसहितको उपस्थितिमा उद्घाटन गरिएको छ ।
मेलमेलापकर्तालाई जिल्ला अदालतका न्यायाधीशसहित अन्य कानून व्यवसायीले तालिम प्रदान गर्ने छन् ।